पुस १९ काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाललाई कार्यकर्ताले छाड्दै जाने बताएका छन्। काठमाडौंको कार्की ब्यान्केटमा आइतबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न पार्टीलाई टुक्रा पार्नेलाई कार्यकर्ताले साथ दिँदैनन, प्रचण्ड- नेपाललाई इंगित गर्दै ओलीले भने ‘हामी यहाँ छौँ’ होइन ‘म यहाँ छुु’ भन्ने दिन आउनेछ त्यसैले समयमै गल्ति महसुस गरेर फिर्ता आउनुस, तपाइँहरुको स्थान सुरक्षित छ।’
प्रचण्डलाई आफुले नै कार्यकारी अध्यक्ष बनाएको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डले उपद्रो मच्याएपछि कार्यकारीबाट हटाएको जिकिर गरे।
निर्वाचन हुँदैन भन्ने भ्रममा कोहि पनि नरहन आग्रह गर्दै ओलीले भने, ‘केहि मान्छेहरु चुनाव हुन्न भन्दै हल्ला गरिरहेका छन्, भ्रममा नपरौं बैशाख १७ र २७ मा चुनाव हुन्छ तयारीमा लागौँ।’