काठमाडौं । तीनकुनेमा अवस्थित इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी एक्स्पो २०२४’ को बिहीबारबाट सुरु भएको छ । आईएसएमटी कलेजले ‘एजुकेशन फर इन्डष्ट्री’ भन्ने उदेश्यका साथ एक्स्पोको आयोजना गरेको हो ।
एक्स्पोमा विभिन्न स्टलहरु राखिएकाे थियो, जसमा विद्यार्थीहरुले आफैंले तयार पारेकाे साइफर र्याट, एआई एज प्रिडिक्सन सिस्टम, सिएनसि प्लोटर, लाइन फलोइङ रोवर्ट, ह्यान्ड फ्रि गेमिङ्, करियर भिजन जेनेरेटर, साइन ल्याङ्ग्वेजलगायत प्रदर्शनीमा राखिएको थियो ।
आईएसएमटी कलेजले हरेक वर्ष यस्ता एक्सपो गर्दै आएको छ । अहिलेको एक्सपो आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि केन्द्रित रहेको कलेजले जनाएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको ज्ञानलाई व्यहारमा लागू गर्न कलेजले हरेक वर्ष यस्तै एक्स्पो बर्सेनि गर्दै आएको छ ।
आइएसएमटीका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्तीले विद्यार्थीले बनाएका एआईदेखि लिएर हार्डवेर, सफ्टवेरका प्रोजेक्टहरू डेमोसेसन गर्न एक्सपो गरिएको बताए । नेपालमा आईटी पढिरहेका विद्यार्थीले नेपालमा भविष्य कस्तो छ, आइटीको मार्केट कस्तो छ भन्नेबारे जानकारी लिऊन् भन्ने उद्देश्य पनि यसको रहेको उनले बताए ।
एक्स्पोको अवलोकनमा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलगायत पनि पुगेका थिए ।
आईएसएमटी कलेजका प्रिन्सिपल ध्रुबबाबु जोशीले सरकारले नेपालमा के कारणले आईटी इण्डष्ट्री फष्टाउन सकेको छैन त्यसको रिसर्च गर्नुपर्नेमा जोड दिए । आवश्यक नीति बनाई ठूला अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपाल भित्र्याएर विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाई छ ।
प्रधानाध्यापक जोशीले उद्योगका लागि शिक्षा भन्ने फेलोसिफमै कलेज गाइडेड भएको बताए । अब आउने शिक्षा कस्तो हुनुपर्छ भन्ने जान्नका लागि विद्यार्थीले आफूले पढेको ज्ञान र सीपलाई आईटी उद्योगमा कसरी काम गर्ने, यो क्षेत्रमा भएका विषय र समस्या अनि अवसरलाई आफ्नो प्रोजेक्टमार्फत देखाएको उनको भनाइ छ ।
साथै उनले यस आईएसएमटी एक्स्पोले कलेजमा विद्यार्थीहरुले सिकेको सिकाईलाई व्यवहारमा लागू गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।
यसैगरी एक्स्पोको अवलोकनमा पुगेका नेपाली कांग्रेसका नेता कोइरालाले आईटी विधामा आईएसएमटी कलेजले राम्रो गरिरहेको र यसले आईटीका विद्यार्थीहरुले नेपालको भविष्य सुरक्षित राख्नेमा विश्वस्त रहेको पनि बताए ।
यस्तै, एकीकृत समाजवादी पार्टीकी नेतृ झाँक्रीले पनि नेपालमा आईटी क्षेत्रको सम्भावना प्रवल रहेको बताइन् । ‘नेपालमा काम गर्ने बतातावरण नै छैन’ भन्ने नकारात्मकता फैल्याउने भाष्यलाई यसले चिर्ने उनको भनाई थियो ।
बिहीबारदेखि सुरु भएको एक्सपोमा विद्यार्थीले बनाएको प्रोजेक्टको अन्य कलेजका विद्यार्थी र विभिन्न राजनीतिहरूले अवलोकन गरेका छन् । सबैजसो प्रोजेक्ट निकै आवश्यक रहेको उनीहरूले बताएका छन् ।
एक्स्पोको अवलोकनमा ह्वाइट हाउसलगायत अन्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यो एक्स्पो शुक्रबारसम्म सञ्चालन हुनेछ । एक्स्पोको अवलोकनमा ह्वाइट हाउसलगायत अन्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।