पुस २० काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारतको मुम्बई प्रस्थान गरेका हुन्।
प्रचण्डसंगै छोरी गंगा दाहाल पनि भारत गएकी छिन।
सीतालाई ‘पार्किन्सन’ नामक जटिल प्रकारको रोग लागेको छ।
‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ भनिने यो रोग अत्यन्तै दुर्लभ रोग मानिन्छ। यो रोग लागेपछि मस्तिष्कको कोषिकामा क्षति पुग्ने र हिंड्न, बोल्न असहज हुने चिकित्सकहरु बताउँछन्।
सीतालाई यसअघि पनि उपचारका लागि भारत, सिंगापुर, अमेरिकालगायतका देशमा लगिएको थियो।