पुस २० काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली पक्षीय नेकपाका नेता शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव हार्ने डरले हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाएका छन्।
प्रचण्डको गृहजिल्ला चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले चुनाव हारिन्छ भनेर प्रचण्डले हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको र आगामी चुनावमा पनि चितवन छाड्ने बताएका हुन्।
पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डको यस्तो फोहोरी खेलले उनलाई आफ्नै कार्यकर्ताले समेत साथ छोड्दै जाने बताए।
मुख्यमन्त्री पोखरेलले सरकारले तोकेको समयमै निर्वाचन हुने दावी गरे।