२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगुमा अज्ञात रोगले ५ दर्जन बढी याक तथा चौरीहरु मरे

मंगलवार , पौष ९, २०८१

मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न २ मुगु गाउँका स्थानीयहरुले पालेका चौरी तथा याकहरु अज्ञात रोगले मरेका छन् ।

मुगुका स्थानीय छोर्तेन लामाले दिएको जानकारी अनुसार सोमबार सम्म ५०–६० वटा चौरी तथा याकहरु अज्ञात रोगबाट ग्रसित भई मरिसकेका हुन् ।

शुरुमा चौरी तथा याकहरुले मुखबाट र्याल निकाल्ने पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने यी लक्षण देखिएको २४ घण्टा भित्रमा याक तथा चौरीहरुको मृत्यु हुने गरेको स्थानीय लामाले बताए ।

अज्ञात रोगले चौरीहरु प्रभावित भईरहेको भन्ने खबर पाउँदा बित्तिकै गाउँपालिकाले औषधि र पशु स्वास्थ्यकर्मी सहित मुगु गाउँमा पठाए पनि उपचार गर्न पालिकाको जनशक्ती र औषधिको क्षमताले नसक्ने अनि चौरीहरुको स्वाप संकलन गरी ल्यापमा परिक्षणका लागि पठाउनु पर्ने भएकाले त्यस्तो इकोमेण्ट र जनशक्ती गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग गर्न आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द रावलले बताए ।

पालिकाको पत्र पाउनासाथ घटनास्थलतर्फ हिडेको भेटनरी तथा पशु अस्पतालको चिकित्सक सहितको टोलि सिरानी चौरमा पुगिसकेको र माध्यामिक विद्यालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घटनास्थलतर्फ गएको साथै तीन तिरबाट गरी अहिले मुगु गाउँतर्फ ७ सदस्यिय चिकित्सक तथा प्राविधिक टोलि औषधि सहित गईसकेको प्रमुख प्रशासकिय अधिकृत रावलले जानकारी गराए ।

उनका अनुसार मुगु गाउँमा चिसोका कारण स्थानीयहरु बेशीतिर अस्थायी बसाइ सरेकाले गाउँमा कोहि नहुँदा चौरी रहेका लेखहरुमा स्वास्थ्यकर्मीको टोलिलाई पुग्न कठिनाइ भईरहेको छ । त्यसैमा झन मंगलबारबाट हिमपात हुन थालेपछि झनै समस्या भएको छ ।

चौरीहरु हिमाल तिर रहेका र गाउँ नझरेकाले हिउँ पाटनहरुमा कति चौरी तथा याकहरु मरे यकिन डाटा प्राप्त गर्न गार्हो भएको र शनिबारसम्म ६० भन्दा बढी मरेको खबरको आधारमा अनुमान गर्ने हो भने आजसम्म १०० बढी चौरी तथा याकहरु उक्त अज्ञात रोगबाट मरिसकेको हुनसक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रावल अन्दाज लगाउँछन् ।

उच्च हिमाली क्षेत्र, भौगोलिक कठिनाइ, दुर्गमता र उर्वर जमिन कम भई आयामित खानामा बाच्नु पर्ने भएकाले मुगुम कार्मारोङ्ग गाउँपालिकाका स्थानीयहरुले दूध खान, छुर्पी बनाउन र भारी बोक्न चौरी तथा याकहरु पाल्ने गर्दछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट