logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोना भाइरसको संक्रमण तीव्र फैलिएपछि बेलायतमा फेरि लकडाउन 

    कोरोना भाइरसको संक्रमण तीव्र फैलिएपछि बेलायतमा फेरि लकडाउन 

    1.6K
    Shares

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमण तीव्र रुपमा बढेपछि मुलुकमा लकडाउनको घोषणा गरेका छन् । जोनसनले लकडाउनको घोषणासँगै मानिसहरुलाई घरमै बस्न आग्रह गरेका छन् । मुलुकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेका छन् संक्रमणका घटनाहरू बढ्दै जाँदा हामीले अझ कडा परिश्रम गर्नु आवश्यक छ भन्ने कुरा स्पष्ट भइसकेको छ। त्यसकारण हामीले देशव्यापी लकडाउन लागू गर्नुपर्दछ ।

    लकडाउन भएपछि मानिसहरु अत्यावश्यकबाहेकको अवस्थामा घरबाट बाहिर निस्किन पाउने छैनन । प्राथमिक तथा माध्यामिक तहका सबै विद्यालय बन्द गरिएको छ । एकअर्काको घरमा पाहुना लाग्न जान पनि प्रतिबन्ध छ । मंगलबारदेखि सुरु हुने लकडाउन फेबु्रअरी १५ सम्म जारी रहने बताइएको छ । 

    प्रधानमन्त्री बोरिस जोसनले बेलायतका मुख्य चिकित्सा अधिकारीहरुलाई कोभिड अलर्टलाई लेभल पाँचको स्तरमा राख्न सुझाव दिएका छन् । यसको अर्थ तत्काल कुनै कारबाही गरिएन भने देशको स्वास्थ्य प्रणालीको क्षमताभन्दा बढी संक्रमण केसहरु आउन सक्दछन्। 

    बेलायतमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम पनि सञ्चालन भइरहेको छ । फेबु्रअरीसम्ममा प्राथमिकतामा रहेका चार समूहका सबै जनाले खोप पाइसक्ने पनि प्रधानमन्त्रीको भनाइ छ । 

    बेलायतमा डिसेम्बरमा कयौं गुणा संक्रामक रहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट फेला परेको थियो । यसपछि युरोपलगायत विश्वका धेरै देशले सर्तकता अपनाइरहेका छन् । यसका बावजुद पनि कोरोना भाइरस संक्रमण बढिरहेको छ । सोमबारमात्रै ५८ हजार सात सय ८६ जनामा कोरोना संक्रमण भएको छ भने चार सयभन्दा बढीले ज्यान गुमाएका छन् । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend