बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

 बढ्यो सुनको मूल्य 

 बढ्यो सुनको मूल्य 

काठमाडाैं । आज पनि सुनको मूल्य बढेको छ । प्रतितोला सुनको मूल्य ११ सयले बढेर ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार ८ सयले सुनको मूल्यमा वृद्धि हुँदै तोलाको ९५ हजार ३ सयमा कारोबार भएको थियो ।

आजका लागि तेजावी सुनको मूल्य भने ९५ हजार ९ सय तोकिएको छ । आइतबार सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १३ सय ३५

मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेकाले त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend