काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६र ७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले गत वर्ष जारी गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँको आधारमा लाभांश प्रस्ताव गरेको हो । २०७७ असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ अनुसार कम्पनीले ३६ दशमलव १ प्रतिशत बोनस र १ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।