काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।