logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  •  सिनेटका लागि जर्जियामा मतदान हुँदै, वाइडेनकाे अग्निपरीक्षा

     सिनेटका लागि जर्जियामा मतदान हुँदै, वाइडेनकाे अग्निपरीक्षा

    3.1K
    Shares

    एटलान्टा । अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचित जो वाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका लागि महत्वपूर्ण मानिएको छ । 

    यस राज्यमा राष्ट्रपति र सिनेट दुवैमा रिपब्लिकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो वाइडेनलाई मतदान गरेको छ । 

    अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लिकन र डेमोक्रेट दुवैले सबैभन्दा बढी रकम खर्च गर्दैछन् ।  

    निर्वाचन अधिकारीहरुका अनुसार मतदान स्थानीय समय अनुसार मंगलबार बिहान ७ बजेदेखि सुरु हुनेछ । यस राज्यमा करिब ३० लाख व्यक्तिले मतदान गरिसकेका निर्वाचन अधिकारीले बताएका छन् । यस राज्यको अन्तिम, आधिकारिक मत परिणाम प्राप्त गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । 

    यस राज्यमा निर्वाचन अभियानको विज्ञापनका लागि मात्र उम्मेदवारहरुले ५० करोड डलर खर्च गरिसकेका छन् । 

    रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीका हजारौं स्वयंसेवीले राज्यका सबैजसो घरदैलोमा पुगेर मतदातालाई आफ्नो दललाई समर्थन गर्न आह्वान गरिरहेका छन् । चुनावमा आफ्ना समर्थकलाई विजयी गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति–निर्वाचित जो वाइडेन दुबै सक्रियतापूर्वक लागेका छन् । 

    एटलान्टामा आयोजित चुनावी सभामा वाइडेनले जर्जियाली जनतालाई अर्को चार वर्षका लागि मात्र नभएर अर्को पुस्ताका लागि मतदान गर्न आग्रह गरे ।

    जर्जियामा रिपब्लिकनका तर्फबाट सिनेटर केल्ली लोफलर र डेभिड पर्ड्यु तथा डेमोक्रेट पार्टीका तर्फबाट राफेल वार्नक र जोन ओसोफ प्रतिस्पर्धामा छन् । गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend