एजेन्सी । युुभेन्टस्का डिफेन्डर एलेक्स सान्द्रोलाई कोरोना संक्रमण भएको छ । ब्राजिली स्टा सान्द्रो आइतबार टुरिनमा युभेन्टस्ले उडिनेसेलाई ४–१ ल्े हराउँदाको खेलमा सहभागी थिए । सामान्य लक्षण देखापरेपछि उनको चेकजाँच गरिएको क्लबले जनाएको छ । ‘केही हल्का लक्षण देखिएपछि खेलाडी एलेक्स सान्द्रोको चेकजाँच गरिएको थियो र नतिजा पोजेटिभ देखिएको ’ क्लबले जारी गरेको विज्ञप्तिमा बताएको छ ।
उनी अहिले आइशोलेसनमा बसिसकेका छन् । उडिनेसेविरुद्ध ८३ औं मिनेटसम्म उनी मैदानमा थिए, त्यसपछि जियानगुका फ्राबोट्टाले उनलाई प्रतिस्थापन गरे । यतिबेलासम्म युुभेन्टस् खेलमा ३–० ले अघि थियो । आन्द्रे पिर्लोको प्रशिक्षणमा २०२०–२१ सिजनमा सान्द्रोले ७ वटा लिग खेल खेलेका थिए । उनले च्याम्पियन्स लिगमा समेत तीनवटा खेल खेले ।
सान्द्रोले २०१५ यता युुभेन्टस्बाट १ सय ४० खेल खेल्दै ११ गोल गरेका छन् । युुभेन्टस् आउनुुअघि उनले पोर्चुगिज क्लब पोर्टोबाट चार वर्ष खेलेका थिए । २०११ यता ब्राजिलबाट २३ खेल खेल्दै उनले एक गोल पनि गरेका छन् । ब्राजिलले दुुई वर्षअघि कोपा अमेरिका फुटबलको उपाधि जित्दा सान्द्रोले महत्वपूर्ण भूमिका खेलेका थिए ।