
काठमाडौं। भियतनाममा तीन पत्रकारलाई जेल सजाय सुनाइएको छ । राज्यविरुद्ध प्रचारबाजी गरेको भन्दै तीन जना पत्रकारलाई ११ देखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।
भियतनामको स्वतन्त्र पत्रकार संघका समस्य समेत रहेका फाम ची डुङ, नुग्इएन टुङ थो र ले ह्यु मिन्ह टुआनलाई अदालतले उक्त फैसला सुनाएको हो । अदालतले ती पत्रकारहरुले विभिन्न समयमा लेखेका लेखहरु राज्यको नीतिविरुद्ध भएको भन्दै सजाय सुनाएको हो । तीनै जनालाई राज्यको नीति विपरीत गतिविधि गरेको आरोप लगाइएको हो ।
सत्तारुढ कम्युनिष्ट पार्टीले आगामी महिना संसद बोलाउने तयारी गरिरहेका बेला अदालतको उक्त कदमले प्रतिपक्षीलाई आन्दोलन गर्न थप सहज भएको बताइएको छ । मानवअधिकारवादी संघ संस्थाहरुका अनुसार हरेक वर्ष विभिन्न बहानामा राज्यले व्यक्तिमाथि नियन्त्रण र धरपकड जारी राखेको आरोप लगाएको छ । सन् २०१९ मा चीनको मानवअधिकार विरोधी गतिविधिको विरोध गरेको भन्दै मानवअधिकारकर्मी फाम ची डुगलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।
यता, युरोपियन युनियनले भितनाममा राज्यले नै मानवअधिकारको उल्लंघन गरेको भन्दै विभिन्न सहयोगहरु कटौती गर्ने चेतावनी दिएको छ । युनियनले भियतनामलाई निःशुल्क व्यापारका लागि सहमति दिन पनि ढिलाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एजेन्सी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend