आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला ९६ हजार ४०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज ३०० ले वृद्धि भई ९६ हजार ७०० मा पुगेको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९५ हजार ९०० मा कारोवार भएकामा आज ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला पाँचले उकालो लागेको छ ।

प्रतितोला एक हजार ३३५ मा मंगलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend