logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • भेन्चर हायर पर्चेजको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

    भेन्चर हायर पर्चेजको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

    2.1K
    Shares
    भेन्चर हायर पर्चेजको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबारको इजाजत प्राप्त भेन्चर हायर पर्चेज प्रालिले सम्पत्ति शुद्धिकरण (निवारण) सम्बन्धि एक दिवसिय तालिम सम्पन्न गरेको छ । तालिम राजधानीको होटेल ली हिमालयमा आयोजना गरिएको थियो ।

    राष्ट्र बैंकबाट भर्खरै अवकाश प्राप्त  कर्मचारी  तथा सम्पत्ति शुद्धिकरण सम्बन्धिका  बिज्ञ प्रदिप भट्टराईले तालिम प्रदान गरेका थिए । तालिममा कम्पनीका सम्पूर्ण आधारभूत सेयरधनीहरु, सञ्चालकहरु र कर्मचारीहरुको सहभागिता थियो ।

    राष्ट्र बैंकले हायर पर्चेज कारोबार गर्ने संस्थाहरुलाई सम्पत्ति शुद्धिकरणसम्बन्धि कानूनको पालना अनिवार्य गर्ने परिपत्र जारी गरेको थियो । यसै सन्दर्भमा, कानूनको प्रभावकारी कार्यान्वयन र व्यवसायिक उत्तरदायित्व सुनिश्चित गर्न भेन्चर हायर पर्चेजले यो तालिम आयोजना गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाबुराम शर्माले बताए ।

    सिइओ शर्माले तालिमले सम्पत्ति शुद्धिकरण सम्बन्धि कानुनी व्यवसायको महत्व, व्यवसायमा यसको प्रभाव र कानुनको पालना गर्न आवश्यक कदमहरु बारे स्पष्ट मार्गदर्शन प्रदान गरेको जानकारी दिए ।

    भेन्चर हायर पर्चेजका अधिकारीहरुले यस्तो तालिमलाई आफ्नो दायित्वमूलक पहलको हिस्साका रुपमा हेरेको र भविष्यमा पनि उपयोगी कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिबद्घता व्यक्त गरेका छन् ।

    सम्पत्ति शुद्धिकरण के हो ?

    सम्पत्ति शुद्धिकरण भनेको अवैध स्रोतबाट आर्जित धनलाई वैध बनाउने प्रक्रिया हो, जसले देशको आर्थिक प्रणालीलाई अस्थिर बनाउने जोखिम पैदा गर्न सक्छ । यसले अपराधिक क्रियाकलापलाई प्रोत्साहन दिनुका साथै वित्तीय पारदर्शितामा खलल पुर्याउछ । नेपालमा सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि राष्ट्र बैंकलगायत सम्बन्धित निकायहरुले कडा कानुनी व्यवस्था लागू गरेका छन् ।

    सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ र यसको नियमावलीले आर्थिक अपराधहरु नियन्त्रण गर्न, वित्तीय प्रणालीको स्थायित्व कायम गर्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यस कानुनको पालना नगर्ने संस्थाहरुलाई दण्डको व्यवस्था गरिएको छ, जसले वित्तीय संस्थाहरुलाई जिम्मेवार एवं पारदर्शी बन्न उत्प्रेरित गर्दछ ।

    कानुनको प्रभावकारी कार्यान्वयनले देशको आर्थिक सुरक्षालाई बलियो बनाउनुका साथै वैध व्यवसाय र लगानीको वातावरण निर्माण गर्न सहयोग पुर्याउँछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend