logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीय : वनमन्त्री ठकुरी

    वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीय : वनमन्त्री ठकुरी

    182
    Shares
    वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीय : वनमन्त्री ठकुरी

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गरेका छन् ।

    आईतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् । उनले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने काममा सरकार सक्रिय रहेको बताए ।

    उनले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरे । उनले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुको लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गरे ।

    कोषको अध्यक्ष समेत रहेका उनले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

    उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि चिडियाखानाहरुको महतवपूर्ण भुमिका रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend