logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओली कदमको विरोधमा नेता तथा नागरिक समाज (भिडियोसहित)

    ओली कदमको विरोधमा नेता तथा नागरिक समाज (भिडियोसहित)

    4.2K
    Shares

    पुस २३ काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका नेता र अन्य राजनीतिक दलसहित नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जन आन्दोलनका लागि तयार रहन अपिल गरेका छन् । 

    प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित अन्य राजनीतिक दलहरु र नागरिक समाजका अगुवाहरु विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले ओलीविरुद्ध जनमत बढाउन अभियानसमेत चलाइरहेका छन् ।

    नेता तथा नागरिक समाजका अगुवाहरुले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दमननाथ ढुंगानाले सरकारका कुनै पनि मानिसले अदालतलाई धम्की दिने काम बन्द गर्न आग्रह गरेका छन् । उनले अब योग्य प्रधानमन्त्रीको खोजी गर्नुपनर्ने बेला भएको पनि बताएका छन् ।

    यस्तै, नेकपाका प्रचण्ड माधव समूहका अध्यक्ष माधव नेपालले केपी ओली प्रवृत्ति अहिले नै अन्त्य हुनुपर्ने बताएका छन् । यो निरंकुश र तानाशाही प्रवृत्ति भएको पनि उनले बताएका छन् । यसको अन्त्यको लागि हामी पुनः एकजुट हुनुपर्छ भन्ने उनको भनाइ थियो । 

    यस्तै, नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रतिगमनको सुरुवात पहिलादेखि नै भएको र यो किस्ताबन्दीमा आएको बताएका छन् । देश र सविधानको रक्षाका लागि हामी सतर्क रहनुपर्ने बेला आएको पनि उनले बताए । 

    नेकपाका अर्का नेता झलनाथ खनालले पनि संविधानको रक्षाका लागि पुनः एकपटक सघर्ष गरिरहनुपरेको बताए । यो चुनौतीमा सिंगो राष्ट्र नै एकताबद्ध भएर लाग्नुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । 

    अन्तर्क्रिया कार्यक्रममा मोहना अन्सारी, नारायण वाग्लेलगायतले पनि सविधानको रक्षाका लागि हामी सबै एकजुट हुनुपर्ने बेला आएको बताएका थिए ।

    हेर्नुहोस् भिडियो :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend