काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रहुन्जेल फेसबुकमा लेख्न नदिने भएको छ ।
फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार संसद भवनमा उनका समर्थकले फैलाएको हिंसापछि फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने भएकाे बताएका छन् ।
जुकरबर्गले फेसबुकमा लेखेका छन्, ‘शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ।’
यसअघि सामाजिक सञ्जाल ट्वीटरले बुधबारको संसद हिंसापछि ट्रम्पको ह्यान्डल १२ घन्टाका लागि लक गरिदिएको थियो ।