logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अन्ततः ट्रम्पले स्वीकारे हार, सत्ता हस्तान्तरणकाे बाचा 

    अन्ततः ट्रम्पले स्वीकारे हार, सत्ता हस्तान्तरणकाे बाचा 

    2.4K
    Shares

    काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गरी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

    ट्रम्पले पहिलोपटक आफ्नो पराजय स्वीकार गरी ट्विटरमा भिडियो सन्देश जारी गरेका हुन् । जसमा उनले भनेका छन्, ‘अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ ।’

    उनले संसद् भवनभित्र आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी पनि गरेका छन् ।  

    बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ ।

    यसअघि उनले चुनावमा धाँधली भएको आरोप लगाएर बाइडेनको जित अस्वीकार गरिरहेका थिए । मत बदरको मागसहित उनले अदालतमा मुद्दासमेत हालेका थिए। तर प्रमाणका अभावमा अदालतले उनका उजुरी खारेज गरिदिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend