logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठायो विराेधपत्र र संविधान

    प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठायो विराेधपत्र र संविधान

    2.7K
    Shares

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत् प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझाएका छन् । विरोधपत्रका साथमा उनीहरुले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिएका छन् । 

    प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले सीडीओमार्फत् विरोधपत्र बुझाएका हुन् । 

    काठमाडाैंकाे बबरमहलमा पनि प्रचण्ड–माधव नेपाल पक्षले भेला भएर काठमाडौंका सिडिओलाई विरोधपत्र बुझाएका छन् । बबरमहल चोकमा भेला भइ जुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले विरोधपत्र बुझाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend