logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • कागजपत्र लिन थप २ वटा ट्राफिक कार्यालयमा प्रविधि विस्तार

    कागजपत्र लिन थप २ वटा ट्राफिक कार्यालयमा प्रविधि विस्तार

    3K
    Shares
    काठमाडौँ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ ।
     
    ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले संचालनमा ल्याईरहेको Traffic Violation Record System (TVRS) Software आजदेखि लागू हुने गरी महानगरीय ट्राफिक प्रहरी वृत्त, सिंहदरवार र महानगरीय ट्राफिक प्रहरी वृत्त, जनसेवामा समेत विस्तार गरेको छ ।
     
    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो ।
     
    यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी  दिए । सिंहदरवार एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरवारबाट तथा जनसेवा एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ ।
     
    यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयां बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिनुभयो । उनि भनछन्  – “मापसे, लेन र रात्तो बत्ती (Red light) कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ ।”
     
     
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend