logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आज देशभरका ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

    आज देशभरका ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

    2.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा शनिबार कांग्रेसले देशव्यापी विरोध कार्यक्रम घाेषणा गरेकाे छ ।  

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको याे दोस्रो चरणको आन्दोलन हो । शनिबार कांग्रेसले ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने जनाएकाे छ । 

    प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रम अन्तर्गत माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ ।

    गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएको थियो । उक्त कदमको देशव्यापी विरोध भइरहेको छ ।  

    विरोध कार्यक्रमका लागि सम्बोधन गर्न कांग्रेस नेताहरु विभिन्न ठाउँमा गइरहेका छन् । सभापति शेरबहादुर देउवाले भने बुढानीलकण्ठमा सम्बोधन गर्ने भएका छन् । उनले काठमाडौं क्षेत्र ५ अन्तर्गित प्रदेश सभा ‘ख’ को कार्यक्रममा सम्बोधन गर्ने जनाइएकाे छ ।

    यता वरिष्ठ नेता रामचन्द्र पौडेल क्षेत्र ७ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा सहभागी हुनेछन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनीमार्गमा सम्बोधन गर्ने कार्यक्रम छ भने गगन थापाले काठमाडाैं क्षेत्र नं ४ को २ ओटा प्रदेश निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend