पुस २५ काठमाडौं, प्रचण्ड- नेपाल समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन्। पत्नी सीता दाहालको उपचारका लागि भारत गएका अध्यक्ष प्रचण्ड आज नेपाल फर्किन लागेका हुन्।
आज दिउँसो ३ बजे प्रचण्ड नेपाल फर्किने बताइएको छ।
विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि सीतालाई थप उपचारका लागि भारत लगिएको हो ।
वंशानुगत पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्य जटिलता देखिएपछी उनलाई भारतको मुम्बई लागिएको हो । यसअघि पनि भारत, अमेरिका र सिंगापुरमा उनको उपचार गरिएको थियो ।