बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

झिंगा पालेर मनग्य आम्दानी , यसरी गर्न सकिन्छ व्यावसाय ( भिडियो सहित )

झिंगा पालेर मनग्य आम्दानी , यसरी गर्न सकिन्छ व्यावसाय ( भिडियो सहित )

भरतपुर , व्यावसायिक रूपमा , गाई , भैसिं , मौरी , कुखुरा पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। तर सबैले हेप्ने गरेको ‘झिँगा’ को समेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला। हो त्यही झिंगाको व्यावसायिक पालन चितवनमा शुरु भएको छ। भरतपुर महानगर पालिका वडा नम्बर १५ मा हालसालै झिंगाको व्यावसायिक रुपमा व्यावसाय शुरु गरिएको हो । 

पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउने उद्देश्यले चितवनमा व्यावसायिक रूपमै झिँगापालन सुरू गरिएको हो।

भरतपुर महानगरपालिका को वडा नम्बर १५ फूलबारीमा रहेको प्रांगारिक कृषि उत्पादन केन्द्रले यसको उत्पादन गर्दै आएको छ भने यस प्रजातिको नाम ब्ल्याक सोल्जर फ्लाई(बिएसएफ) रहेको छ। यसलाई नेपालीमा ‘कालो सिपाही झिँगा’ भनिन्छ। यसको विभिन्न अवस्था अनुसार दाना, मल लगायतका कृषि काममा प्रयोग गर्न सकिन्छ ।

सुन्दा पनि अचम्म लाग्ने झिंगा व्यावसाय के कसरी हुन्छ भन्ने बारेको यो बिस्तृत भिडियो हेर्नुहोस :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend