२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

भन्सार प्रणालीलाई प्रविधिमैत्री र लगानी आकर्षित गर्न नयाँ भन्सार ऐन ल्याइएको हो : अर्थमन्त्री पौडेल

मंगलवार , पौष १६, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरानो भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन धेरै संशोधन गर्नुपरेकाले सरकारले नयाँ भन्सार ऐन ल्याउनुपरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको उल्लेख गरे ।

उनले भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ पारित भएर कार्यान्वयनमा आएको बताए । उनले भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ मा ऐनमा व्यवस्था भएर दोहोरो रुपमा रहेका कतिपय दफाहरु झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरु रहेको बताए ।

उनले भने, ‘वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको हो । २०७७ जेठ २२ गते मन्त्रीपरिषद्को निर्णयअनुसार २०७७ असार ४ गते भन्सार विधेयक, २०७७ संघीय संसदमा पेश गर्न संसद सचिवालयमा पठाएको थियो ।

संसदमा छलफल र संवाद गर्न सम्भव भएन । फेरी संसदमा छलफलको लागि समितिमा आएको छ । भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन २०८१ पारित भएर कार्यान्वयनमा आएको छ । प्रश्तुत ऐनमा परिसकेका समितिमा विचारधिन रहेको विधेयकमा दोहोरो रुपमा रहेका कतिपय दफाहरु झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरु छन् ।’

उनले नयाँ भन्सार विधेयक समग्र भन्सार प्रणालीलाई प्रविधिमैत्री र लगानी आकर्षित गर्ने किसिमले अगाडि सारिएको बताए । उनले नयाँ भन्सार ऐन आएसँगै भन्सार प्रणाली व्यवस्थित बन्ने विश्वास रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट