logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

    भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

    203
    Shares
    भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनु पर्नेमा जोड दिएका छन् ।

    मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

    उनले भन्सार प्रशासन प्रभावकारी, राजश्व पनि वृद्धि, व्यवसायीहरुलाई अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र भन्सार छलीलाई रोक्ने गरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले भन्सार ऐनलाई अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमनमा परिमार्जन भएका नीतिहरु अनुरुप नेपालको भन्सार ऐनमा परिमार्जजित गरी भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने बताए ।

    उनले कति वस्तुमा भन्सार लगाउने वा भन्सार नलगाउने विषय ऐनमा समावेश गर्न नहुने बताए । उनले यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने विषय भएको बताए । उनले भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धतिको अन्त्य गर्न जरुरी रहेको बताए ।

    उनले भने, ‘भन्सार प्रशासन प्रभावकारी हुने,राजश्व पनि वृद्धि हुने,व्यवसायीहरु अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र दुरुपयोगलाई कसरी रोक्न सकिन्छ । अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमन परिमार्जन भइरहेको छ । त्यहीअनुसार नेपालले पनि कसरी परिमार्जजित गर्ने विषय वस्तु भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने कारण हो ।

    कति वस्तुमा भन्सार ल्याउन दिने वा नदिने र भन्सार लगाउने विषय ऐनमा आउँदैन । यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने हो । भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्छ । भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धति थियो । त्यसको अन्त्य गरी भन्सार प्रणालीलाई कसरी प्रविधिमैत्री बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ ।’

    उनले अर्थ मन्त्रालयले आन्तरिक रुपमा भन्सार प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन सुधारको आवश्यकता पहिचान गरी ऐनमा व्यवस्था गर्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend