logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन : काँग्रेस नेता सिंह

    असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन : काँग्रेस नेता सिंह

    2.5K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।

    नेपाली काँग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा काँग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।

    सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने पनि बताएका छन् । 

    उनले भने ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने । तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ । निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ । त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन ।’

    ओली कदमकाे विरोधका लागि काँग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेकाे छ । त्यसअनुसार शनिबार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेको पनि उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend