२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

यती एयरलाइन्सले ल्यायो 'ट्राभल कार्ड', २५ हजारमा १० वटा टिकट

बुधवार , पौष १७, २०८१

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले ‘यती ट्राभल कार्ड’ प्रयोगमा ल्याएको छ । एयरलाइन्सले बारम्बार यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

विमानमा यात्रा गर्ने ग्राहकले एकपटकमा २५ हजार रुपैयाँ भुक्तानी गरेर कार्ड खरिद गर्न सक्नेछन् । कार्डमा ग्राहकले १० वटा यतीको उडान हुने सेक्टरका लागि टिकट पाउने एयरलाइन्सले जनाएको छ।

२५ हजार रुपैयाँ कार्ड किन्ने ग्राहकहरुले ४ महिनाभित्र टिकट किनिसक्नु पर्ने यतीले जनाएको छ । यतीले सेवा दिने देशभित्रका जुनसुकै रुटमा उक्त टिकट प्रयोग गर्न पाइने एयरलाइन्सले जनाएको छ ।

यतिले काठमाडौं, विराटनगर, भद्रपुर, नेपालगञ्ज, सिमरा, जनकपुर, पोखरा र भैरहवामा उडान गर्दै आएको छ ।

एयरलाइन्सका अनुसार उक्त टिकट अरु व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट