logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पूर्वप्रधानन्यायाधीशलाई केपी ओलीको चेतावनी: सडकबाट फैसला गर्ने भए अदालत किन चाहियो ? (भिडियो सहित)

    पूर्वप्रधानन्यायाधीशलाई केपी ओलीको चेतावनी: सडकबाट फैसला गर्ने भए अदालत किन चाहियो ? (भिडियो सहित)

    3.9K
    Shares

    सुनौलो नेपाल । पुस २५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लै सरकार चलाएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षलाई पेलेरै अगाडि बढेको बताएका छन् । 
    ‘एक्लै सरकार चलायो भने, काम गर्नै नदिएपछि एक्लै सरकार चलाएको हो । पेलेर हिँड्यो भने, हिँड्नै नदिएपछि पेलेरै अगाडि बढेको हो,’ सरकार पक्षीय युवासंघले शनिबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै ओलीले भने । 
    एकपल्ट अदालतमा जागिर आएको भरमा केही मान्छेहरुले अहिले पनि आफै भएझै गरेर सर्वोच्चलाई प्रभावमा पार्ने, दबाव दिने, धम्क्याउने काम गरिरहेको भन्दै ओलीले आक्रोशसमेत पोखेका छन् । ‘सम्मानित, स्वतन्त्र न्यायपालिकाको कदर गर्न सिकौ । सडकबाट फैसला गर्ने हो भने अदालत किन चाहियो ? हुन त उहाँहरुको सभ्यता हामीले देखेका छौ । राष्ट्रपतिविरुद्ध छारस्ट बोलेका छन् । रक्सी भट्टीमा पनि त्यस्तो असभ्य भाषा बोलिँदैन,’ उनको भनाई थियो ।

    सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माले शुक्रबारमात्रै एक विज्ञप्ती जारी गरी प्रतिनिधि सभा विघटन असंवैधानकि भएको धारणा सार्वजनिक गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend