बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सनराइज बैंकको चुक्ता पुँजी नौं अर्ब ४८ करोड , ५.८०प्रतिशत बोनस सेयर दिने 

सनराइज बैंकको चुक्ता पुँजी नौं अर्ब ४८ करोड , ५.८०प्रतिशत बोनस सेयर दिने 

काठमाडौं । सनराइज बैंक लिमिटेडले चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको १३ औं वार्षिक साधारण सभाले सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको २।४८प्रतिशत का दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

२०६४ साल असोज २५ मा स्थापना भएको सनराइज बैंकको हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुँजीमा बृद्धि भई नौं अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend