काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीले आइतबार थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । चार वटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ ।