logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संसद् विघटनविरुद्ध एकजुट हुन देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको आह्वान

    संसद् विघटनविरुद्ध एकजुट हुन देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको आह्वान

    3.2K
    Shares

    काठमाडौं । नागरिक समाजका अगुवा कृष्ण पहाडी र डा. देवेन्द्रराज पाण्डेले संसद विघटनविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । आइतबार संयुक्त रूपमा विज्ञप्ति निकालेर उनीहरुले प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षाविरोधी र मुलुकको हितविपरीत भएको बताएका हुन्  ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरुलाई चिन्तित तुल्याएको छ ।’

    उनीहरूले यो गलत कदम सच्याएर प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

    नेपाली नागरिकले लामो समयपछि बनाएको संविधान र लोकतन्त्रका प्राप्त उपलब्धि संरक्षण गर्दै जानुपर्ने र कमी कमजोरी सुधार गर्नुपर्ने, राज्य ब्यवस्थालाई अझ समावेशी, सहभागितामुलक र समुन्नत बनाउँदै लैजानुपर्नेमा प्राप्त उपलब्धिहरुमाथि जिम्मेवार कोणहरुबाट नै निरन्तर आक्रमण भैरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    विज्ञप्तिमार्फत उनीहरुले प्रतिनिधिसभा विघटनको निन्दा गरी प्रतिगमनको षड्यन्त्र र चलखेल परास्त गर्न, जन आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, आधारभूत स्वतन्त्रता, मानव अधिकारलगायतका उपलब्धिहरुको रक्षार्थ एकजुट हुन सबै राजनीतिक दल, नागरिक समाज र समस्त नागरिकमा आह्वान पनि गरेका छन् ।

    Dr Devendra Raj Panday and Krishna Pahadi statement.jpeg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend