२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

वीरगञ्ज नाकाबाट ५ महिनामा तीन अर्ब ९३ करोडको धानचामल आयात

शुक्रवार , पौष १९, २०८१

पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ ।

गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरको धान आयात भएको थियो ।

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट