२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

लेखा समितिद्धारा बेरुजुको विवरण सहित १५ दिन भित्र फाईल बुझाउन मन्त्रालय र निकायलाई निर्देशन

शुक्रवार , पौष १९, २०८१

विराटनगर । कोशी प्रदेश सार्वजनिक लेखा समितिले प्रदेशको महालेखा परीक्षकबाट प्राप्त छैटौँ प्रतिवेदनमाथि कोशी प्रदेश सरकारका बेरुजु र मन्त्रालयगत बेरुजुको बारेमा विधिवत् छलफल सुरु गरेको छ ।

बेरुजुको दर बढ्दै गएको सन्दर्भमा त्यसलाई घटाएर लग्नको लागि पनि सार्वजनिक लेखा समितिले सरकार र सम्बन्धित मन्त्रालयलाई जवाफदेही बनाउने गरी छलफल थालेको सार्वजनिक लेखा समितिका सभापति राजन किराँतीले जानकारी दिए ।

समितिले बेरुजुको सन्दर्भमा फछ्र्यौट हुनु पर्ने, नियमित हुनु पर्ने विषय र विवरणहरूसहितको स्पष्ट धारणा कागजात र राय प्रतिक्रियासहित मन्त्रालय र निकायलाई १५ दिन भित्र सार्वजनिक लेखा समितिमा जवाफ पेस गर्न निर्देशन समेत दिएको छ ।

शुक्रबार बसेको सार्वजनिक लेखा समितिको पहिलो बैठकले बेरुजुका सम्बन्धमा प्राप्त कागजात माथि सचिवालयले पुनः बुझ्न सम्बन्धित लेखा उत्तरदायी अधिकारी र सम्बन्धित आर्थिक प्रशासन शाखा प्रमुख समेतलाई बैठकमा आमन्त्रण गरी महालेखा परीक्षक प्रतिनिधिको उपस्थितिमा दफावार छलफल गर्ने निर्णय समेत गरेको छ ।

प्राप्त कागजात माथि सचिवालयले पुनः बुझ्न सम्बन्धित लेखा उत्तरदायी अधिकारी र सम्बन्धित आर्थिक प्रशासन शाखा प्रमुख समेतलाई बैठकमा आमन्त्रण गरी महालेखा परीक्षक प्रतिनिधिको समुपस्थितिमा दफावार छलफल गर्ने निर्णय बैठकले गरेको पनि सभापति किराँतीले बताए ।

छलफलमा सार्वजनिक लेखा समितिका सदस्यहरूले हरेक वर्ष बेरुजुको अनुपात बढ्दै गएको र महालेखा परीक्षकले बेरुजुको सन्दर्भमा प्रश्न उठाउँदै जाने तर त्यस बारेमा सम्बन्धित निकाय गम्भीर नभएकोले छैटौँ प्रतिवेदनसम्म त्यसको ग्राफ बढेर गएको उल्लेख गरेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शङ्कर नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका सचिव प्रदीप बान्तवा तथा कोशी प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले बेरुजु र प्रदेशमा भइरहेको बेरुजुलाई घटाउने बारेमा प्रस्टीकरण दिएका थिए ।

छलफलमा प्रदेशको लगत अद्यावधिक नभएको, एउटै कर्मचारीले ३ वटासम्म कार्यालय हेर्नु पर्ने अवस्था, फिल्ड भेरिफिकेशन नहुनु, सार्वजनिक वित्तीय व्यवस्थापनको सबै चक्र पुरा नहुनु लगायतका विषयहरू समस्या नै बेरुजुको मुख्य कारण भएकोले बेरुजुको सम्परीक्षण गरिने पर्नेमा सचिवहरूले जोड दिएका थिए ।

महालेखा परीक्षकको कार्यालयका निर्देशक शिवप्रसाद आचार्यले कोशी प्रदेशमा मन्त्रालयगत बेरुजुको अवस्था घट्ने भन्दा पनि प्रत्येक वर्ष थप वृद्धि भइरहेको बताए ।

कोशी प्रदेश सरकार अन्तर्गतका सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट