२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ : उपाध्यक्ष अधिकारी

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष डा. अधिकारीले यस्तो बताएका हुन् ।

उनले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताए । उनले सरकार र निजी क्षेत्र एकसाथ हिँड्दा अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास जनाए । उनले पछिल्लो अर्थतन्त्रका विषयमा सबैले आफ्नो अनकुलको व्याख्या गर्दै आएकाले छुट्टै बहसको आवश्यकता रहेको बताए ।

उनले अर्थतन्त्र चलायमान बनाउन कस्तो मकानिजम,सञ्चालन र नियमनकारी निकाय कस्तो बनाउने विषयम छलफल गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने,‘ लगानी भनेको कर्जामा नै गर्ने हो । मुलुकको अर्थतन्त्रका विषयमा छुट्टै बहसको आवश्यकता छ । अर्थतन्त्र चलायमान बनाउन कस्तो मकानिजम , कसरी सञ्चालन गर्ने र कस्तो नियमनकारी निकाय आवश्यक हो भन्ने विषयमासँगै छलफल गर्न आवश्यक छ । अहिले अर्थतन्त्रको विषयमा टुक्रो विश्लेषणहरु भइरहेका छन् । यसले काम गरेको छैन ।

मुलुकको अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै जानु आवश्यक छ । सरकारले काम गर्न नसक्ने हो भने निजी क्षेत्र पनिसँगै बस्यौं । त्यसपछि मात्रै अर्थतन्त्र बुस्टिङ हुन्छ । गर्नुपर्ने छ । उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनले पनि काम गर्ला । सरकारले पनि यो विषयमा छलफल गरेको छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको एकल प्रयासले मात्रै सम्भव छैन । सबै एकिकृत रुपमा लाग्ने हो भने क्षमता पनि वृद्धि हुँदा अर्थतन्त्रमा माथि लैजान सकिन्छ ।’

उनले सरकारले अर्थतन्त्रको सुधारको काम गर्न नसक्ने अवस्था भए निजी क्षेत्र पनिसँगै लिएर जानुपर्नेमा जोड दिए । उनले अहिले अर्थतन्त्रलाई बुस्टिङ गर्न आवश्यक रहेको भन्दै उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनले त्यो काम गर्ने विश्वास रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको एकल प्रयासले मात्रै सम्भव नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट