logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

    पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

    735
    Shares
    पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

    काठमाडौँ । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दू महासंघद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान गरिएको छ ।

    विश्व हिन्दू महासंघद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दू धर्म संरक्षण एवं सम्बर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दू महासंघका पदाधिकारीहरुले सो अवार्ड प्रदान गरेका थिए ।

    विश्व हिन्दू महासंघले यो अवार्ड हरेक पाँच बर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्द्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ ।

    हिन्दू धर्मको संरक्षण र सम्बर्द्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ठ योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरुलाई यो अवार्ड प्रदान गरिएको हो ।

    शुक्रबार आयोजित सो विशेष समारोहमा विश्वहिन्दू महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिहरुसहितका विशिष्ट अतिथिहरुको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।

    सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरुमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलंकाका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राई लगायत हुन्।

    सो कार्यक्रममा बोल्दै पूर्वमन्त्री आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा विश्व हिन्दू महासंघलाई विशेष धन्यवाद ज्ञापन गर्दै उक्त प्रसिद्ध अवार्डले आफूलाई निकै खुसी लागेको बताए ।

    उनले आगामी दिनमा पनि आफू हिन्दू सनातन धर्मको रक्षा तथा सम्बर्द्धनमा लागिपर्ने धारणा पनि सो समारोहमा राखेका थिए ।

    उक्त समारोहमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दू महासंघका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाएकामा उक्त महासंघ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend