काठमाडौँ । पुर्व प्रधानमन्त्री र जनता समाजवादि पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली निरन्तर प्रतिगमनको यात्रामा रहेको काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए ।
जनता सार्वसौभसत्ता भएर जारी गरेको संविधानमा जति सुकै कमि कमजोरि भएता पनि त्यसको मर्मलाई मार्न नपाईने उनको भनाई थियो । ‘संविधान भनेको कानुनको मात्र संग्रह नभएर एउटा सामाजिक राजनितिक दस्तावेज हो’, नेता भट्टाराईले भने, ‘संविधानको निमार्ण समाजमा रहेको शक्ति संघर्ष, वर्गीय, जातीय, र क्षेत्रीय सम्बन्धले निर्धारण गर्छ ।’
विश्व भर प्रतिक्रान्तिको उभार आएको र केपी ओली र उनले चालेको कदम त्यहि लहरको प्रभाव हो ।’ आफुहरुको कमजोरीका कारणले नै मुलुकमा ओली प्रर्वत्ति हावी भएको समेत नेता भट्टराईले भने ।