बेङ्गलुरु । भारतीय महिला पाईलटको क्रुले विश्वको सबैभन्दा लामो रुटमा ब्यबसायीक उडान भरेर ईतिहास रचेका छन् । एयर ईन्डियाको फ्लाईटमा सबै क्रु सदस्य महिला रहेका थिए ।
एयर ईन्डियाले एक बक्तब्य जारी गर्दै चार सदस्यीय ककपिट क्रुले सोमबार १७ घण्टा लामो उडान सम्पन्न गरेको जानकारी दिएको छ ।
सो क्रुले अमेरीकाको सान फ्रान्सिस्को देखि भारतको बेङ्गलुरुसम्म उडान भरेको थियो ।
आँफुहरुले ईतिहास रच्न सफल भएको क्याप्टेन जोया अग्रवालले बताइन । उनले भनिन्, ‘हामी भारतका छोरीहरु हौं जसलाई यो ऐतिहासीक उडान भर्ने अवसर दिइयो’, ‘हामी भारतीय उड्ययनको ईतिहासमा नयाँ अध्याय रच्न सफल भयौं’ ।