आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

रु ६०० ले बढ्यो सुनको मूल्य

रु ६०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज  सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । 

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  तोलामा  रु ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । 

यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ ।  रु एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend