झापा । झापास्थित भुटानी शरणार्थी शिविरको एक छाप्रोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा अचानक आगलागी हुँदा त्यसभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सोमबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरर्णाथी सिबिर सेक्टर नं. डी ४, छाप्रा नं. ३२५ मा बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।