२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कोशी प्रदेशको बेरुजुको ग्राफ बढ्दो

आइतवार , पौष २१, २०८१

विराटनगर । कोशी प्रदेशमा बेरुजुको ग्राफ बढ्दो क्रममा देखिएको छ । महालेखा परीक्षकले निकालेको कोशी प्रदेशको छैटौँ प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा देखिएको हो ।

गत वर्षको तुलनामा बेरुजु १२ दशमलव ४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षक कार्यालयका निर्देशक शिवप्रसाद आचार्यका अनुसार नियमित गर्नु पर्ने बेरुजु मात्र ८३ प्रतिशत रहेको छ ।

महालेखाको छैटौँ प्रतिवेदनमा उल्लेख भएअनुसार असुल गर्नु पर्ने बेरुजु १४ करोड ७१ लाख ४० हजार अर्थात् कुल बेरुजुको ११ दशमलव १७ प्रतिशत रहेको छ । नियमित गर्नु पर्ने १ अर्ब ९ करोड ४० लाख ४७ हजार अर्थात् कुल बेरुजुको ८३ दशमलव ०३ प्रतिशत रहेको छ ।

अनियमित भएको ३४ करोड ५२ लाख १ हजार, प्रमाण कागजात पेस नभएको ७५ करोड ८८ लाख ४६ हजार तथा पेस्की ७ करोड ६४ लाख २३ हजार बेरुजु औंल्याईएको छ ।

सरकारी कार्यालयको बेरुजु १ अर्ब २२ करोड ९० लाख ८२ हजार र समिति तथा अन्य संस्थाहरूको बेरुजु ८ करोड ८५ लाख २८ हजार सहित कुल १ अर्ब ३१ करोड ७६ लाख १० हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी लेखा परीक्षण गरिएका प्रदेश मन्त्रालय तथा निकाय १८० वटाको ४७ अर्ब ९३ करोड १ लाख १५ हजारको बेरुजु १ अर्ब २२ करोड ९० लाख ८२ हजार देखिएको छ ।

यो बेरुजु २।५६ प्रतिशत हो । समिति तथा अन्य संस्थाहरू १८ वटाको ४ अर्ब ८५ करोड ७० लाख १९ हजार लेखा परीक्षण हुँदा ८ करोड ८५२८ हजार बेरुजु अर्थात् १ दशमलव ८२ प्रतिशत हुन आएको महालेखाले जनाएको छ ।

कोशी प्रदेशमा हालसम्मको बेरुजु प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्था तर्फ ५ अर्ब ५८ करोड ४ लाख ७ हजार रहेको छ ।

अद्यावधिक बेरुजु गत वर्षभन्दा १२ दशमलव ४ प्रतिशतले बढेको आचार्यले बताए । गत वर्षसम्मको बाँकी ४ अर्ब २६ करोड २७ लाख ९७ हजार रहेकोमा चालु वर्षमा १ अर्ब ३१ करोड ७६ लाख १० हजार बेरुजु रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट