२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

५ महिनामा प्रहरीले संकलन गर्‍यो २ अर्ब २४ करोड बढी राजस्व

सोमवार , पौष २२, २०८१

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व संकलन गरिएको हो ।

प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व संकलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड सात लाख रुपैयाँ अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख रुपैयाँ, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख रुपैयाँ र अवैध मुद्रा बरामद गरी चार करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी स्रोत नखुलेको दुई करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख रुपैयाँ अवैध काठ बरामदबाट एक करोड २० लाख रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट एक करोड १६ लाख रुपैयाँ र अवैध नदीजन्य उत्खननबाट ९२ लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट