पाेखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दाबी गर्नुभएको छ ।
कास्कीको पोखरामा मंगलबार भएको गण्डकी प्रदेशस्तरीय बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ। सूर्य चिन्ह हाम्रै हुन्छ दुनियाँको कुनै तागतले त्यसलाई कसैले खोस्न सक्दैन यदि कसैले खोस्ने प्रयास गरे नेपालमा आधी हुरी र बतास हुने चेतावनी दिनुभएको छ।
हामीले निर्वाचन आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफूहरुकै हुनेमा विश्वस्त छौ तपाईहरु ढुक्क हुनुहोस कार्यकर्तालाई उँहाले भन्नुभयो ।
नेकपाले कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनमा चल्ने पार्टी भएको बताउदै अध्यक्षले पार्टी एकता गर्ने बेलामा गरेका सहमति र समझदारी समाजवादउन्मुख जनताको जनवाद स्वीकार गर्ने र लेनिनवादी संगठनात्मक विधि स्वीकारेर हरेक निर्णयमा बहुमतका आधारमा गर्ने प्रष्ट विचार राखिएको स्मरण गर्नुभयो ।
“परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै प्रचण्डले क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनु नै अहिलेको आवश्यक्ता हो ।”
अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधि पद्दति र सिद्धान्तका लागि भएको बताउनुभयो । “हाम्रो पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएको छ । म के कुरामा विस्वस्त गराउन चाहन्छु भने यो पदका लागि भएको लडाइँ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो” अध्यक्ष प्रचण्डको भनाई छ ।
उहाँले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी पनि दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई, तपाईँले हास्यव्यङ्ग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ, तपाईँले ? हजारौँ सहिदहरूको बलिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ ?”
हेर्नुहोस सम्बोधनको पुरा भिडियो