२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौडेल चयन

सोमवार , पौष २२, २०८१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्ष पुनः उपेन्द्र पौडेल चयन भएका छन् । पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । पौडेल यसअघि पनि संस्थाका अध्यक्ष थिए।

सिबिफिनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सचिवमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र सहकोषाध्यक्षमा गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी निर्वाचित भएका छन्।

यसैगरि कार्यसमिति सदस्यहरुमा प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल, नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा। बालगोपाल वैद्य चुनिएका छन् ।

यसैगरि लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जन निर्वाचित भएको सिबिफिनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट