logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • सरकारले सार्वजनिक यातायातको बढायो भाडा, कुन ठाउँको कति ?

    सरकारले सार्वजनिक यातायातको बढायो भाडा, कुन ठाउँको कति ?

    4.2K
    Shares
    सरकारले सार्वजनिक यातायातको बढायो भाडा, कुन ठाउँको कति ?

    काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सोमारबाटै लागू हुने गरी सार्वजनिक यातायातको भाड बढाएको हो ।

    विभागका अनुसार यात्रुवहाक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशत बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ । डिलक्स सुविधा लिएका कुनै पनि यात्रु बहाक सवारीसाधनले तोकिएको भाडदरमा २० प्रतिशत थप लिन पाउने भएका छन् ।

    भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत पुसमा विभागलाई सहमति दिएका थिए ।

    विभागले यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा बढाएको हो । यसअघि २०८० साउनमा सार्वजनिक यातायातको भाडा समायोजन भएको थियो ।

    भाडा निर्धारण गर्दा इन्धनको अंश ३५ र ६५ प्रतिशत अन्य सूचकलाई आधार मान्ने गरेको विभागले जनाएको छ । सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा बढाउने निर्णय गरिएको जनाएको छ ।

    यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको छ ।

    यो पनि :

    सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ : मन्त्री दाहाल

     

     

    कुन ठाउँको भाडा कति ?

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend