logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • ७ रेक्टरको भूकम्प, केन्द्रबिन्दु तिब्बत

    ७ रेक्टरको भूकम्प, केन्द्रबिन्दु तिब्बत

    4.5K
    Shares
    ७ रेक्टरको भूकम्प, केन्द्रबिन्दु तिब्बत

    काठमाडौँ । आज बिहान ६:५० मा काठमाडौँ लगायतका जिल्लामा भूकम्पको शक्तिशाली धक्का गएको छ ।

    चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

    खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको हो ।

    काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको छ ।

    भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ ।

    यो पनि : 

    काठमाडौँमा भूकम्पको शक्तिशाली धक्का


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend