२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

मंगलबार पनि सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

मंगलवार , पौष २३, २०८१

काठमाडौ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुन सोमबार पनि स्थिर रहेको थियो भने मंगलबार पनि सुनको मूल्य नेपाली बजारमा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । मंगलबार भने तोलामा २० रुपैयाँले बढ्दै चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट