२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

माघ ११ गतेदेखि विराट एक्स्पो, २६८ वटा स्टल रहने

मंगलवार , पौष २३, २०८१

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ गतेदेखि विराट एक्स्पो सञ्चालन हुने भएको छ । आगामी माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो २०२५ हुन लागेको हो ।

‘डिजिटल कोशीः नवप्रवर्तन र लगानी बिचको सेतु’ नाम दिएर एक्स्पोको तयारी रहेको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ । विराटनगरको डिग्री क्याम्पस परिसरमा हुने एक्स्पोमा २६८ वटा स्टल रहने छन् ।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराट एक्स्पो मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालका अनुसार एक्स्पोमा ९ पेभिलियन रहने छ । जसमध्ये बिराटबजार बिटुबि (१२ वटा स्टल), स्टार्टअप भिजन कोशी ह्याकाथुन (१२ वटा स्टल), रोजगार कोशी (१२ वटा स्टल), व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि (४० बटा स्टल), अटोमोवाइल्स (२० वटा स्टल), औद्योगिक (७५ वटा स्टल), औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज (७५ वटा स्टल), खाद्य (१० वटा स्टल) र प्रायोजकका (१२ वटा स्टल) रहने छन् ।

एक्स्पोमा उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुने आयोजक संस्था उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।

रोजगार कोसी पेभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सिलिङ, हस्पिटालिटी, आइटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १ हजार ८ सय जनालाई प्रत्यक्ष तालिम दिइने उनले जानकारी दिए । एक्स्पोलाई कोसी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले प्रवद्र्धन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

‘संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सबको नामबाट गरेको थियो । २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तरािष्ट्रय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ’ संगठन अध्यक्ष सुरानाले भने, ‘यो विशुद्ध रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ता बिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास र नँया प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट