काठमाडौ । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् ।
मंगलबार बिहान चीनको सिजाङमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ७ म्याग्नीच्युडको भूकम्पमा परी मंगलबार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।