
काठमाडाैं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकाे जी न्युजसँगकाे अन्तर्वार्ता नाटकमात्र भएकाे बताएका छन् ।
बुधबार काठमाडाैंमा वागमती प्रदेशस्तरीय कार्यकर्ता भेला संबाेधनका क्रममा प्रचण्डले जी न्युजसँगकाे अन्तर्वार्ता नाटकमात्र भएकाे बताएका हुन् । प्रचण्डले तीनपटकसम्म ओलीकाे नाटकमात्र भएकाे बताएका हुन् ।
‘त्यो नाटक नै हाे, त्याे नाटक हाे भन्ने थाहा भइसक्याे अब सगरमाथाकाे नाम परिवर्तन गर्ने रे त्याे पनि जी न्युजले । याे के नाटक देख्दैछाैँ तपाईँ हामी’ उनले भने ।
प्रचण्डले पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी पनि गरेका थिए । तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको भन्दै उनले भने, ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’
अध्यक्ष प्रचण्डले ओली समूहलाई राजनीतिक जोकरको संज्ञासमेत दिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend