२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

'वायुसेवा निगम विदेशीले हैन नेपालीले चलाउन पर्छ, २५ अर्ब लगानी जुटाउन सकिन्छ' : सांसद भट्टचन

बुधवार , पौष २४, २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा लगानी गर्न विदेशी कम्पनी नआउने दाबी गरेका छन् ।

स्पष्ट योजनासहित स्वदेशी पुँजी परिचालन गर्ने बताउँदै मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद भट्टचनले २५ अर्ब रूपैयाँ स्वदेशमै जुटाउन सकिने बताएका हुन् ।

‘निगमले चाहेजस्तो लगानी गर्न विदेशी कम्पनी लगानी गर्न आउँदैन, विदेशी लगानी ल्याउने कुरा समय बिताउने खेल मात्र हुन्छ’ भट्टचनले भने, ‘नेपालका विभिन्न संस्था लाइफ इन्स्योरेन्सले यति एयरमा हालै मात्र १ अर्ब ८० करोड लगानी गरेका छन् । बीमा कम्पनीले मात्र २०/२५ अर्ब लगानी गर्न सक्छन् ध्यान दिनु होला ।’

सांसद भट्टचनले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ल्याएको ऋणलाई इक्विटीमा परिणत गर्न सरकारले नीतिगत निर्णय गर्न सकिने समेत बताए ।

निगमलाई प्राइभेट पार्टनरसीपमा सञ्चालन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट